बिर्तामोड । गीतकार हरिभक्त बुढाथोकीको शब्द, भीम बी.सीको संगीत, मेलिना राई र टेक बी.सीको स्वारमा रहेको ‘जोवनै ढल्की गएसी’ गीत हरिभक्त बुढाथोकी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । सलोन बस्नेत, टेक बी.सी र बिनिता ओलिको संयुक्त अभिनयमा बनेको उक्त म्युजिक भिडियोको छायांकन नबराज उप्रेती, सम्पादन बिबेक सुनार, भिडियो सृगार मिलन बिस्वकर्मा, नित्य निर्देशक विशाल कैने, सहायक निर्देशन सुमन बस्नेत तथा निर्देशन सान थापाले गरेका हुन् ।
बुढाथोकीका यसअघि प्यारो बाबा, बुढेसकाल, संघर्ष, नजर लाग्ला नि, नजरमा नजर मिलेपछि, मुटुमै गाँसेको साइनो, दुरी मलाई हुनु छैन, जिन्दगी हौ तिमी मेरो, डार्लिङ्ग, मलाई हार्न दिंदैन जस्ता आधुनिक तथा विविध गीतहरूका साथै पतञ्जलि योग गान तथा रोटरी गान र गीत जस्ता दर्जनौ चर्चित गीतहरू प्रकाशित भैसकेका छन् । समाजसेवी हरिभक्त बुढाथोकी सामाजिक तथा शैक्षिक क्षेत्रमा प्रसस्त निस्वार्थ लगानीहरू गरेका उदाहरणहरू प्रसस्त नै भेटिएका छन् ।