Home Main Highlight News बलिदानलाई पीजी सर्टिफिकेट

बलिदानलाई पीजी सर्टिफिकेट

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । असोज १३ गते फूलपातीमा रिलिज हुन लागेको बहुप्रतिक्षित चलचित्र ‘बलिदान’ले पिजि सर्टिफिकेट पाएको छ । शुक्रबार केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई पेरेन्टल गाइडेन्स अर्थात् अभिभावकको सहयोगमा बालबालिकाले हेर्न सक्ने गरी प्रमाणपत्र प्रदान गरेको हो ।

आसुसेन फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा बनेको यस चलचित्रको टिजर र ट्रेलरमै केही खतरनाक सिनहरुमा देख्न सकिन्छ । सन्तोष सेन निर्देशित ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ । निर्माण पक्षका अनुसार यस चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link