Home Main Highlight News ‘एक्लै बाँच्नु खुरुखुरु’ मा कविता नेपालीको आकर्षक डान्स

‘एक्लै बाँच्नु खुरुखुरु’ मा कविता नेपालीको आकर्षक डान्स

by Parda Sansar
A+A-
Reset

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको नेपाली साइफाइ मुभी ‘एक्लो-१’ को प्रोमोशनल गीत ‘एक्लै बाच्नु खुरुखुरु’ सार्वजनिक भएको छ ।

गीतमा शान्तीश्री परियारको स्वर रहेको छ भने शब्द सपनील शर्मा र संगीत रोहित शाक्य को रहेको छ । गीतमा अभिनेत्री कविता नेपालीको आकर्षक नृत्य देख्न सकिन्छ । सेट लगाएर छायांकन गरिएको उक्त भिडियोको कोरियोग्राफी कविता नेपालीले नै गरेकी हुन् ।

नेपाली चलचित्र क्षेत्रका लागि दुर्लभ मानिने यस साइन्स फिक्सन फिल्ममा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा देखिँदैछन् । फिल्मको पोस्ट-प्रोडक्सन कार्य हाल लन्डनमा भइरहेको छ । निर्माण टिमले आगामी पुसमा क्रिसमसको अवसर पारेर यो फिल्म रिलिज गर्ने तयारी गरेको छ ।

लामो समयदेखि बेलायतमा बस्दै आएका निर्देशक शाहीले ‘एक्लो’लाई हलिउड लेभलको प्रविधि र प्रस्तुति दिने लक्ष्य राखेका छन् ।
फिल्मका मुख्य कलाकारहरूमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली लगायत छन् ।

ल्ममा बाबु श्रेष्ठको छायांकन, राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन र द्रोणप्रसाद पौडेल ‘ठेउके’ को प्रोडक्सन डिजाइन रहेको छ । विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको यस फिल्ममा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ लगायत निर्माताहरुको लगानी रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link