Home Main Highlight News बंगलादेशी फिल्ममा प्रमोद अग्रहरिको डेब्यु

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरिको डेब्यु

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अभिनेता प्रमोद अग्रहरि अब बंगलादेशी फिल्ममा पनि देखिने भएका छन् । उनले बंगलादेशी फिल्मका निर्देशक ट्यानमोइ सोर्जोसँगको फोटो शेयर गर्दै उनी आफू बंगलादेशमा रहेको जानकारी गराएका छन् ।

भिलेन क्यारेक्टरमा लोकप्रिय बनिरहेका अभिनेता प्रमोद अग्रहरि जुनसुकै भूमिकामा फिट देखिने गरेका छन् । चलचित्र ‘उमा’बाट अभिनय यात्रा सुरु गरेका उनले पछिल्लो समय ‘रावायण’ चलचित्रबाट भिलेन पात्रका रूपमा चर्चामा आए ।

त्यसपछि ‘पिताम्बर’मा पनि उनी खलपात्रकै रुपमा दमदार अभिनयका साथ देखिएका थिए । उनको अपकमिङ चलचित्र किरण नेपाली निर्देशनमा बन्ने ‘महादशा’ रहेको छ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link