Home Main Highlight News ‘जेरी अन टप’ बन्यो सुपरहिट
 

‘जेरी अन टप’ बन्यो सुपरहिट

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । नेपाली सिनेमा हलको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स सिनेमाज’ले प्रदर्शनरत फिल्म ‘जेरी अन टप’लाई सुपरहिट घोषणा गरेको छ । गत असोज ३१ गतेबाट रिलिज भएको यो फिल्मलाई प्रदर्शनको छैटौं दिनमा क्यूएफएक्सले सुपरहिट घोषणा गरेको हो ।

बुधबार दिउँसो क्यूएफएक्सले आफ्नो आधिकारिक वेभसाइटमा फिल्मलाई ‘सुपरहिट’को ट्याग दिएको छ । प्रदर्शनको पहिलो हप्ताभित्र आफ्नो चेन अन्तर्गतको विजनेसमा डेढ करोडमाथिको कारोबार हुँदा क्यूएफएक्सले सुपरहिट घोषणा गर्छ ।

छैटौं दिनमा आइपुग्दा फिल्मप्रति दर्शक क्रेज निरन्तर उच्च देखिएको छ । अग्रिम बुकिङमा उछाल आउँदा हलमा पुग्ने दर्शकले टिकट नपाएर फर्किएको वितरक करण श्रेष्ठले बताए ।

पहिलो दिनबाटै हाउसफूल दर्शकसाथ सिनेमा घरमा प्रवेश गरेको यो फिल्मले प्रदर्शनको छैटौं दिनसम्म झण्डै चार करोड आसपासको ग्रस कलेक्सन गरिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि विभिन्न देशमा एकैसाथ प्रदर्शन भइरहेको यो फिल्मले अस्ट्रेलियामा मात्रै मंगलबारसम्म १ लाख अष्ट्रेलियन डलर (९१ लाख बढी नेपाली रुपैयाँ) कलेक्सन गरिसकेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link