Home Main Highlight News ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक
 

‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ३ मिनेट १३ सेकेन्डको ट्रेलरमा दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ । बालकको रुपमा सडकमा बसेर गीत गाउँदै बटुवासँग पैसा मागेको दृश्यसँगै ट्रेलर सुरु हुन्छ ।

एक मनकारीले उनलाई आश्रय दिन्छन् र पढाउँछन् । उनको गायन करिअरलाई पनि मलजल गर्छन् । समयको क्रममा उनले करिअरसँगै सांगीतिक सफलता पाउँछन् । यसबाहेक, काठमाडौंमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रको संघर्ष, सपना र पैसाका लागि विदेशिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।

चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । उनकै कथा र संगीत निर्देशन समेत रहेको यो फिल्मको ट्रेलर कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पारेको छ । दर्जीको प्रेरणादायी कथाले दर्शकलाई प्रेरित गर्ने ठानिएको छ । फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ ।

टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् । निर्माताले फिल्मलाई ‘हिरोदेखि जिरोसम्मको कथा’ भएको बताएका छन् । ‘मनबिनाको धन’ फिल्म २१ कात्तिकदेखि प्रदर्शन तयारीमा छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link