Home Main Highlight News ‘पाँच पाण्डव’ मा जोडिए हरिवंश, दीपाश्री
 

‘पाँच पाण्डव’ मा जोडिए हरिवंश, दीपाश्री

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । हरिवंश आचार्य, सीताराम कट्टेल, जितु नेपाल, सागर लम्साल, दीपाश्री निरौला र रजनी गुरुङलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘पाँच पाण्डव’ बन्ने भएको छ ।

मंगलबार बिहानको शुभसाइत पूजापछि मिडियालाई पठाइएको विवरणमा अभिनेता गिरीको नाम उल्लेख छैन । कमलादी गणेशस्थानमा फिल्मको शुभमुहूर्त पूजा गरिएको थियो । गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो, जहाँ दीपाश्री निरौला पनि उपस्थित थिइन् ।

शीर्षकअनुसार फिल्म धार्मिक नभएर सामाजिक कथावस्तुमा आधारित रहेको निर्देशक वसन्त निरौलाले जनाएका छन् । फिल्मका कास्टिङको कार्य बाँकी नै रहेको जनाइएको छ । काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको पटकथा र संवाद सुशील पौडेलले लेखेका हुन् ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मका निर्माता कालीरानी श्रेष्ठ हुन् । ‘हाम्रो फिल्ममा कलाकारको राम्रो लाइनअप तपाईंहरूले देखि नै सक्नुभयो । हामी चलचित्र पनि दर्शकले रुचाउने बनाउने छौं’ निर्माता श्रेष्ठले भने ।

प्रस्तुतकर्ता श्रेष्ठले भने फिल्म ‘लाज शरणम’ निर्माण गरेका थिए । केही महिनाभित्र छायाकंन सुरु गरिने फिल्मको निर्माण नियन्त्रकमा दिलीप पन्त छन् ।निर्देशक निरौलाले पछिल्लोपटक ‘ज्वाइँ साब’ निर्देशन गरेका थिए, जसको शीर्ष भूमिकामा जितुले अभिनय गरेका थिए । यसअघि उनले मेला, समर्पण, आवेग, राजनीति, विजयपथ निर्देशन गरेका थिए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link