बिर्तामाेड । भारतीय डुवर्समा निर्माण भएको नेपाली सिनेमा ‘धागो’ को अग्रिम बुकिङ खुला गरिएको छ। उदिप राणा थापाको निर्देशनमा बनेको यो सिनेमा आगामी कार्तिक २८ (नोभेम्बर १४) देखि नेपाल र भारतका हलहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।
हालै सार्वजनिक गरिएको ट्रेलरले परिवारभित्रको सम्बन्ध, आर्थिक सङ्घर्ष र सामाजिक चुनौतीलाई भावनात्मक रूपमा प्रस्तुत गर्दै दर्शकको रुचि बढाएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको कथा बोल्ने यो सिनेमामा सुरक्षा पन्त मुख्य भूमिकामा देखिएकी छिन्। साथै, प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ र सुनिल थापाको पनि अभिनय रहेको छ। अभिनेत्री वर्षा राउत विशेष उपस्थितिमा देखिनेछिन्।
निर्माण टिमका अनुसार, दर्शकको सकारात्मक प्रतिक्रिया र ट्रेलरप्रतिको उत्साहलाई मध्यनजर गर्दै अग्रिम बुकिङ सुरु गरिएको हो। सिनेमा दुबै देशका प्रमुख सिनेमा हलमा एकैदिन प्रदर्शन हुने भएकाले दर्शकले सहज रूपमा टिकट सुनिश्चित गर्न सक्नेछन्।

