Home Main Highlight News अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज
 

अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

by Parda Sansar
A+A-
Reset

एजेन्सी । अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज भएका छन् । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएका धर्मेन्द्रलाई बुधबार बिहान अस्पतालबाट घर लगिएको हो ।

उहाँलाई छोरा बबी देओल एम्बुलेन्समा साथ दिएका थिए । बिहान साढे ७ बजे तिर अस्पतालबाट धर्मेन्द्रको घरतर्फ एम्बुलेन्स प्रस्थान गरेको देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्रीच क्यान्डी अस्पतालका चिकित्सक प्रा. डा. प्रतित सामदानीका अनुसार धर्मेन्द्रको उपचार घरमै जारी रहनेछ । उहाँले  सञ्चारकर्मीसँग कुरा गर्दै भने, “धर्मेन्द्रजीलाई बिहान करिब ७:३० बजे डिस्चार्ज गरिएको हो । परिवारको निर्णयअनुसार उहाँको उपचार अब घरमै हुनेछ।”

यसैबीच, धर्मेन्द्रको परिवारले पनि एक विज्ञप्ति जारी गर्दै उहाँ अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको पुष्टि गरेको छ । यसअघि उनकाे मृत्युकाे अफवाह फैलिएकाे थियाे ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link