Home Main Highlight News ‘मिरमिरे’को दुईवटा पोष्टर सार्वजनिक
 

‘मिरमिरे’को दुईवटा पोष्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । यही माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र बाल कलाकार शाइसा गौचन तथा प्रकाश सपुत र सिर्जना निङ्लेखु फिचर्ड छन् ।

एउटामा पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा छन्, जसमा बाउ-छोरीको स्नेह देख्न सकिन्छ । दोस्रो पोस्टरमा प्रकाश र सिर्जना छन्, दुवै जना विद्यालय पोशमा देखिएका छन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको यो चलचित्रको निर्देशन यम शेर्पाले गरेका हुन् । चलचित्रको अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत रहेका छन् । चलचित्रको बालकलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

दयाहाङ र प्रकाशले यो फिल्ममार्फत् पहिलो चोटि एकसाथ स्क्रिन शेयर गर्दैछन् । चलचित्रको छायांकनमा आलोक शुक्लाले साथ दिएका छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर रहेका छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् । चलचित्रको देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link