Home Main Highlight News फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुँदै
 

फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुँदै

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । अर्जुन घिमिरे पाँडेको निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ आगामी पुस ४ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। नागराज इन्टरटेन्मेन्टको निर्माणमा तयार भएको यस फिल्ममा अनुभवी कलाकारदेखि नयाँ अनुहारसम्मको आकर्षक उपस्थिति रहेको छ।

लामो समयपछि अमेरिकाबाट सुटिङका लागि नेपाल फर्किएका अभिनेता गणेश उप्रेती यस फिल्ममार्फत पुनः दर्शकमाझ आउने छन्। उनीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको दमदार अभिनय देख्न पाइनेछ।

यसै फिल्ममार्फत विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् भने बाल कलाकार दिप्सन चिलवालले पनि महत्वपूर्ण भूमिका निभाएका छन्।

निर्देशक घिमिरेकै कथामा आधारित फिल्मको पटकथा तथा संवादमा गणेश कार्की र विशाल घिमिरेले सहकार्य गरेका छन्। फिल्मले सार्वजनिक गर्न लागेको पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत रिलिज हुने निर्माण पक्षले जनाएको छ।

फिल्ममा मौसम हिमालीले नृत्य निर्देशन गरेका छन् भने बुद्ध थापा छायांकनमा छन्। निर्माणतर्फ अनिशा सेन्दाङ लिम्बु मुख्य निर्मात्री रहेकी छन्। सह–निर्माणमा अनु थापा, पंकज खड्का र राम कार्की छन् भने योगेश खतिवडा र विनोद कँडेल लाइन प्रोड्युसरको रूपमा कार्यरत छन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link