Home Main Highlight News सलमानसँग अनुपविक्रमको ‘ब्याटल अफ गलवान’ छायांकन सकाएर नेपाल फर्के
 

सलमानसँग अनुपविक्रमको ‘ब्याटल अफ गलवान’ छायांकन सकाएर नेपाल फर्के

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । अभिनेता अनुपविक्रम शाही बलिउड फिल्म ‘ब्याटल अफ गलवान’को छायांकन सकाएर नेपाल फर्केका छन् । तीन चरणको छायांकन तालिकालाई बिट मार्दै अनुप बुधबार नेपाल फर्केका हुन् ।

‘ब्याटल अफ गलवान’मा अनुप बलिउड सुपरस्टार सलमान खानसँग एकसाथ पर्दामा देखिँदैछन् । यो फिल्म सन् २०२० मा गल्वान भ्यालीमा भारतीय र चिनियाँ सेनाबीच भएको युद्धमा आधारित छ । भारत चीन वारलाई लिएर भारतमा विभिन्न फिल्म बनिरहँदा यथार्थ कथामा आधारित यो फिल्मलाई बलिउड मिडियाले घोषणाको समयदेखि नै प्रतिक्षित भनेका छन् ।

नेपाली अभिनेताले प्रमुख अभिनय गरेको फिल्म रहेको र त्यसमा पनि अनुपविक्रम भर्सेज सलमान खान रहँदा नेपाली दर्शकको लागि पनि यो फिल्म थप प्रतिक्षित बन्ने निश्चित छ ।

छायांकन सकाएर नेपाल फर्केका अनुपविक्रमले सामाजिक सञ्जालमा सलमानसँगको तश्विर सेयर गर्दै उनिसँग काम गर्न पाउनुलाई ठुलो उपलब्धि जनाएका छन् । ‘जसलाई पर्दामा हेर्दै हुर्कियो उनैसँग काम गर्न पाउनु मेरो लागि अविस्मरणीय क्षण हो, सलमानलाई लेजेन्ड सम्बोधन गर्दै उनले लेखेका छन् ।

‘सलमान खान जस्तो ग्लोबल स्टारसँग स्कृन सेयर गर्न पाउँदा उत्साहित छु, अनुपले उक्त फिल्ममा अनुबन्ध भएपश्चात भनेका थिए, ‘बलिउडमा यो मेरो एकल प्रतिनिधित्व होइन, सिंगो नेपालको र नेपाली फिल्म उधोगको प्रतिनिधित्व हो, देशको नाम अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन पाउँदा गर्ववान्वित महसुस गरेको छु ।’

अनुपले यो बीचमा वलिउड डेब्यूलाई लिएर सामाजिक सञ्जालमा संकेत दिने केहि पोस्टहरू सेयर गरेका थिए, तर फिल्मसँग जोडिएका तथ्यहरू भने सार्वजनिक गरेका थिएनन् । अपुर्व लाखिया यो फिल्मका निर्देशक हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link