Home Main Highlight News चलचित्र ‘झरीपछिको इन्द्रेणी’को औपचारिक पोस्टर सार्वजनिक
 

चलचित्र ‘झरीपछिको इन्द्रेणी’को औपचारिक पोस्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  लामो समयदेखि हास्य विधामा सक्रिय रहँदै आएका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा पाइला चालेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को औपचारिक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रायः मुख्य कलाकारहरूलाई उनीहरूको ‘क्यारेक्टर लुक्स’मा प्रस्तुत गरिएको छ।

नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत अभिनेता गणेश उप्रेती लामो अन्तरालपछि नेपाली रजतपटमा फर्किएका छन्। अमेरिकामा रहेका उप्रेती यसै चलचित्रको छायाङ्कनका लागि नेपाल फर्किएका थिए।

चलचित्रमा स्थापितदेखि नयाँ पुस्ताका कलाकारहरूको जमघट रहेको छ। गणेश उप्रेतीका साथै रमेश उप्रेती, दीपाश्री निरौला, सरिता गिरी, प्रकाश घिमिरे, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण सिवाकोटी, कृष्णभक्त महर्जन र निर्देशक स्वयं अर्जुन घिमिरे ‘पाँडे’ लगायतको अभिनय रहेको छ।

यो चलचित्रमार्फत कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले अभिनयमा औपचारिक ‘डेब्यू’ गर्दैछन्। निर्माण पक्षका अनुसार बाल कलाकारको रूपमा दिप्सन चिलवालले पनि यसमा अभिनय गरेका छन्। विशेष आकर्षणको रूपमा, चलचित्रको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link