Home Main Highlight News दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन फागुनमा
 

दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन फागुनमा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । लोक तथा दोहोरी कलाकारहरूको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल महाधिवेशनको तयारीमा जुटेको छ। आगामी फागुनमा हुने ९ औं केन्द्रीय महाधिवेशनको तयारीमा प्रतिष्ठान जुटेको हो। प्रतिष्ठानका अनुसार महाधिवेशन फागुन १ देखि ३ गतेसम्म हुनेछ।

अध्यक्ष रीता थापा मगरले महाधिवेशनको तयारी अघि बढेको बताइन्। उनले भनिन्, ‘मिति टुंगो लागिसकेको भए पनि कार्यक्रम स्थल भने केही दिनमा टुंगो लगाउने छौं।’

प्रतिष्ठानले यसअघि जिल्ला तथा प्रदेशस्तरका साथै विदेश समितिहरूको अधिवेशन सम्पन्न गरिसकेको छ। आगामी महाधिवेशनले अगामी ३ वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्नेछ।

महाधिवेशन मिति तोकिएसँगै अध्यक्षमा कसको नेतृत्व आउने भन्ने विषयले लोकदोहोरी कलाकारहरूबीच चासो बढाएको छ। वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका चर्चित गायक पशुपति शर्मा अध्यक्षका प्रमुख आकांक्षीमध्ये छन्। वरिष्ठताको आधारमा पनि उनी आगामी नेतृत्वको ‘लाइन’ मा रहेका मानिन्छन्। केही महिनाअघि सेतोपाटी स्टुडिओमा कुराकानीका क्रममा पशुपतिले अध्यक्ष बन्ने आकांक्षा खुलेर व्यक्त गरेका थिए।

अध्यक्ष रीता थापा मगरले पशुपतिसहित धेरै आकांक्षी रहेको बताइन्। ‘वरिष्ठताको आधारमा पशुपतिजी आकांक्षी हुनुहुन्छ, तर यसपटक आकांक्षीहरूको संख्या धेरै छ,’ उनले भनिन्।

दोहोरीगीत प्रतिष्ठानमा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन्। जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति गरेर प्रतिष्ठानको १ सय भन्दा बढी शाखा समिति छन्।

यसअघि धादिङमा भएको महाधिवेशनबाट रीता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्। उनी प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष समेत हुन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link