Home Main Highlight News फिल्म ‘परिवर्तन’काे गीत ‘पाकेको चिउरी’ रिलिज
 

फिल्म ‘परिवर्तन’काे गीत ‘पाकेको चिउरी’ रिलिज

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’काे गीत ‘पाकेको चिउरी’ रिलिज भएको छ । ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईलीलाइ गीतमा देख्न सकिन्छ ।

एसडी योगी र रेश्मा पुनको आवाजमा रहेको यस गीतमा संगीत गायक योगी कै रहेको छ। गीतको शब्द रचना भने मौसम अर्यालले लेखेका हुन्। दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा अभिनेता सुशील श्रेष्ठ,अभिनेत्री अञ्जना बराईलीका अलवा सरोज खनाल,करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायतको मुख्य भुमिका रहेको छ।

एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्मलाई विजय केरूङले निर्देशन गरेका छन्। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी,एसडी योगीको संगीत रहने यो फिल्ममा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ। फिल्मलाई वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link