Home Main Highlight News देवता र राक्षसको कथावस्तुमा ‘कल्ली’को टिजर सार्वजनिक
 

देवता र राक्षसको कथावस्तुमा ‘कल्ली’को टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । फिल्म ‘कल्ली’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । मानिसभित्र देवता र राक्षस दुवै प्रवृत्ति विद्यमान हुने दार्शनिक तथ्यको कथावस्तुमा फिल्म बनेको छ ।

मनभित्र हुने देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोक्छ भने राक्षसले लोभ, लालच र मोहको भाव बोक्छ । मानिसले आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितीको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ ।

फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । उनी निर्देशित अघिल्लो फिल्म ‘बुलाकी’ र लिखित फिल्म ‘टुल्की’ ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेका थिए । अघिल्ला फिल्ममा सामाजिक कथावस्तुमा फिल्म भनेका सुनारले यसपटक भने मानवीय प्रवृत्ति र संवेदनालाई फिल्ममा चित्रण गरेको हुनसक्ने अपेक्षा छ । पटकथा महेश दवाडीले लेखेका हुन् ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोग राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरलगायतको अभिनय देख्न सकिन्छ।

निसाल पौडेलको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको फिल्ममा एनबी महर्जनको एक्सन कोरियोग्राफी छ ।

फिल्मलाई किरण नेपालीले निर्माण गरेका हुन् भने सुरज आचार्य निर्माण प्रमुख हुन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यारनमा यो फिल्म निर्माण भएको हो । फिल्म ‘कल्ली’ १ फागुनदेखि प्रदर्शन तयारीमा छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link