Home Main Highlight News बेनिशा हमाल स्टारर ‘बिगुल’ १ फागुनमा आउने
   

बेनिशा हमाल स्टारर ‘बिगुल’ १ फागुनमा आउने

by Parda Sansar
A+A-
Reset

झापा । कांग्रेस नेता समेत रहेका दिनेश कोइरालाले निर्माण गरेको फिल्म ‘बिगुल’ को प्रदर्शन मिति घोषणा भएको छ । कथाकार समेत रहेका कोइरालाले यो राजनीतिक कथावस्तुको फिल्म १ फागुनमा देशब्यापी प्रदर्शनमा आउने जनाएका छन् ।

रमेश कोइरालाको निर्देशनमा बनेको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्का, मीरा पण्डितको अभिनय छ ।

वर्तमान राजनीतिक अवस्था, जनभावनासँग मिल्दोजुल्दो बताइएको यो फिल्ममा भ्रष्टाचार र बेथितीविरुद्धको संघर्षलाई पनि चित्रण गरिएको छ । यसअघि ट्रेलर, टिजर र गीत रिलिज भैसकेका छन् ।

शिव ढकालको छायांकन, एनबी महर्जनको एक्सन निर्देशन, तारा थापा किम्भेको सम्पादन रहेको फिल्मका गीतमा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link