Home Main Highlight News फिल्म ‘मायाको गाउँ’काे गीत ‘सबले भन्छन् जिन्दगी त’ रिलिज
   

फिल्म ‘मायाको गाउँ’काे गीत ‘सबले भन्छन् जिन्दगी त’ रिलिज

by Parda Sansar
A+A-
Reset

झापा । फिल्म ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त…’ युट्युबमा रिलिज भएको छ । अर्जुन पोखरेलको संगीतमा सिर्जित गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको स्वर छ ।

अनिल खनालको शब्द रहेको गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेल लगायतका कलाकारको अभिनय छ ।

पछिल्लो समय टिकटकमा छाइरहेको गीतको भिडियो साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो । राजु गिरीले नृत्य निर्देशन गरेको गीतमा प्रेम सम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ ।

प्रेमको कथावस्तु समेटिएको फिल्ममा शीतल केसी, भट्टराई, सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमिल्सिना, रमेश अधिकारी, माधव खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, रितिका मगर, कृष्ण गदालको पनि अभिनय छ ।

कमला पराजुली निर्माता रहेको फिल्मको निर्देशन कमला फिल्मस् टिमको छ । रामेश्वर हुमागाइँले खिचेको फिल्मको सम्पादन श्याम रानाले गरेका हुन् ।

विनोद बमको पब्लिसिटी डिजाइन, पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले कलर ग्रेडिङ्ग गरेको फिल्मको मुख्य सहायक निर्देशकमा सुचेन्द्र परियार छन् । प्रदर्शन २०८३ सालमा गर्ने जनाइएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link