Home Main Highlight News पूर्वघोषित मितिमा फिल्म ‘चमेलीको पोइ’ प्रदर्शन नहुने
   

पूर्वघोषित मितिमा फिल्म ‘चमेलीको पोइ’ प्रदर्शन नहुने

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । पूर्वघोषित मितिमा फिल्म ‘चमेलीको पोइ’ प्रदर्शन नहुने भएको छ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म रामनवमी अर्थात १३ चैत्रमा दर्शक माझ ल्याइने बताइएको भए तापनि देशको वर्तमान राजनैतिक स्थिति तथा निर्वाचनको परिवेशलाई मध्यनजर गरी उक्त निर्णय गरिएको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको ‘चमेलीको पोइ’को को नयाँ प्रदर्शन मिति छिट्टै तय गरिने बताइएको छ । प्रेस रिलिजसंगै जारी निर्माता रामनारायण उपाध्यायको भिडियो सन्देशमा निर्देशक बोहराको टिमले अत्यन्तै मिहिनेतका साथ समयमै फिल्म निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त गरिएको छ । केही समय अघि सार्वजनिक फर्स्टलुक पोस्टरबाट चर्चा पाएको फिल्म प्रदर्शनका लागि आफूहरू शान्तिपूर्ण माहौलको पर्खाइमा रहेको समेत उल्लेख गरिएको छ ।

निर्देशक बोहराकै कथा, शिवम अधिकारीको पटकथा अनि शेरबहादुर तामाङको छायांकन रहेको फिल्मको निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय छन् । उदयविक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मातामा प्रदीपकुमार सापकोटा,यमप्रसाद ओली र सुदिप कुँवर छन् ।

नारायण त्रिपाठी,सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेम देव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंसु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरीलगायतले अभिनय गरेको फिल्म आरआर फिल्मसले वितरण गर्नेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link