Home Main Highlight News प्रदर्शनमा आयो तुलसी घिमिरेको ‘पहाड’
   

प्रदर्शनमा आयो तुलसी घिमिरेको ‘पहाड’

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘पहाड’ प्रदर्शनमा आएको छ। यो फिल्म नयाँ वर्षको अवसर पारेर मंगलबारदेखि नेपालभर रिलिज भएको हो।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, शिव श्रेष्ठ, रेनुनाथ योगी, उमा गिरी, अरूण क्षेत्री, नव अभिनेत्री पञ्चमी घिमिरेलगायतको शीर्ष अभिनय छ।  फिल्मले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको निर्देशक तथा लेखक घिमिरेले जानकारी दिए।

‘पहाड’ ले विदेश पलायनको बढ्दो प्रवृत्तिका कारण सुनसान बन्दै गएका गाउँहरूको कथा प्रस्तुत गर्छ। फिल्मले विशेषगरी दुर्गम पहाडी बस्तीहरूमा युवापुस्ताको अभावले निम्त्याएको सामाजिक, आर्थिक र भावनात्मक असरलाई उजागर गर्ने प्रयास गरेको छ।

रोजगारी र अवसरको खोजीमा युवाहरू धमाधम विदेशिन थालेपछि गाउँमा वृद्धवृद्धा र बालबालिका मात्र बाँकी रहने अवस्था सिर्जना भएको देखाइन्छ। समयसँगै सुनसान बन्दै गएका घर, बन्द हुँदै गएका विद्यालय, र हराउँदै गएको सामुदायिक जीवनशैली फिल्मको मुख्य पृष्ठभूमि बनेको छ।

‘पहाड’ ले केवल पलायनको कथा मात्र नभई त्यसले छोडेको खालीपन, सम्झना र संघर्षलाई पनि समेट्ने प्रयास गर्छ। गाउँमा बाँकी रहेका पात्रहरूको दृष्टिकोणबाट कथानक अघि बढ्दै जाँदा, फिल्मले विकास, अवसर र आफ्नो भूमिसँगको सम्बन्धबारे गम्भीर प्रश्न उठाउने प्रयास गर्ने निर्माणपक्षले जनाएको छ।

निर्देशक घिमिरेले भने, ‘यो कथा पहाडमा सेटअप गरिएको भए पनि समग्र देशकै चित्रण हो।’ फिल्म प्रदर्शनमा आएसँगै कलाकारले काठमाडौं उपत्यकाका विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गर्नेछन्। उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता छन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link