Home Main Highlight News आयंका फिल्म्सले निर्माण गरेको फिल्म ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक
   

आयंका फिल्म्सले निर्माण गरेको फिल्म ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  प्रियंका कार्कीको होमप्रोडक्सन आयंका फिल्म्सले निर्माण गरेको कथानक फिल्म ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा दर्शकमाझ फस्टलुक ल्याइएको हो ।

लामो समयदेखि कथानक फिल्म निर्माणमा संलग्न हुने बताउँदै आएकी प्रियंकाले गुपचुप ढंगले यो फिल्मको छायांकन सकेकी हुन् । आयंका फिल्म्सले वेब सिरिज बनाइरहेपनि पहिलोपटक कथानक फिल्म निर्माण गरेको हो ।

१७ दिनमा काठमाडौं र पोखरामा छायांकन सकिएको जनाइएको छ । भारतीय निर्देशक सुभेन्दु घोषले यो फिल्मको निर्देशन गरेका हुन् । यो फिल्ममा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रूपमा छन् ।

क्याबिनेट शार्क ट्यांक नेपालका शार्कसहित अग्नि समूहका प्रमुख हुन् । यो फिल्मबाट अग्नि समूहले निर्माणमा हात हालेको हो ।

‘मास्टर्नी’को कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा छिन् । ‘क्राइम थ्रिलर मर्डर मिस्ट्री’ जनरामा निर्माण भएको फिल्ममा प्रियंकासहित सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्लेले अभिनय गरेका छन् ।

प्रियंका स्वयमको कथा रहेको फिल्ममा सान बस्न्यातको पटकथा छ । १२ भदौदेखि फिल्म रिलिज हुनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link