21
झापा । नेपाली फिल्ममा चरित्र अभिनेताको रूपमा सुशील सिटौलाको माग अहिले उच्च देखिएको छ । हप्तैपिच्छे नयाँ फिल्ममा अनुबन्धित भइरहेका उनी हालै ‘पाँच पाण्डव’पछि ‘अक्षरा’मा जोडिएका छन् ।
अब उनी ‘महाराजधिराज’ फिल्ममा पनि अनुबन्धित भएका छन्, जसको छायांकन वैशाख अन्तिमबाट सुरु हुँदैछ । निर्माता विराज विष्टसँग उनले लिखित सम्झौता गरेका हुन् । फिल्ममा उनको महत्त्वपूर्ण भूमिका रहने बताइए पनि विवरण खुलाइएको छैन ।
परिच्छेद सेनको निर्देशनमा बन्ने यस फिल्ममा पुष्प खड्का, केकी अधिकारी, आर्यन सिग्देल, रमेश उप्रेतीलगायत कलाकारको अभिनय रहनेछ । फिल्मको कथा अधिराज पात्र वरिपरि केन्द्रित हुनेछ ।
सुनसरीबाट छायांकन सुरु हुने फिल्म काठमाडौं, भक्तपुर र कीर्तिपुरमा पनि खिचिनेछ । दशैंको फूलपातीमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

