Home Main Highlight News प्रेमकथामा आधारित ‘तिमी मेरो म तिम्रो’ बन्ने
 

प्रेमकथामा आधारित ‘तिमी मेरो म तिम्रो’ बन्ने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । घनश्याम लामिछानेले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा प्रेमकथामा आधारित ‘तिमी मेरो म तिम्रो’ बन्ने भएको हो ।

शीर्ष भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रिहान गिरी, प्रतिमा थापाको अभिनय हुनेछ । फिल्ममा युग भुसालको संगीत निर्देशन रहनेछ ।

आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको लगानी रहने फिल्मको सहायक निर्मातामा राज श्रेष्ठ र आशिस थापामगर छन् । कार्यकारी निर्मातामा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी हुनेछन् ।

नरेन्द्र मैनालीको छायांकन रहने फिल्मको पटकथा मनीष गौतमले लेखेका छन् । छायांकन चाँडै सुरु हुने जनाइएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link