Home Main Highlight News ४३ वर्ष पछि प्रकाश थापाद्वारा निर्देशित फिल्म ‘जीवनरेखा’ प्रदर्शन
 

४३ वर्ष पछि प्रकाश थापाद्वारा निर्देशित फिल्म ‘जीवनरेखा’ प्रदर्शन

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । शिव श्रेष्ठ फाउन्डेशनको आयोजना, चलचित्र विकास बोर्डको सहकार्य र लायन्स क्लब चितवनको व्यवस्थापनमा ४३ वर्ष अघि प्रकाश थापा द्वारा निर्देशित फिल्म ‘जीवनरेखा’को जलमा हल नारायणघाटमा विशेष प्रदर्शन गरिएको छ । यसका लागि  डिजिटल सिनेमा नेपाल (डीसीएन) ले पनि सहयोग रहेको थियो।

नेपाली फिल्म इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान सुरु गर्ने तयारीको स्याम्पल टेस्ट शिव श्रेष्ठ फाउन्डेशनसँग मिलेर गरेको हो ।

यस अभियानअन्तर्गत ३० वर्षभन्दा पहिले प्रदर्शन भएका नेपाली फिल्महरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिने बोर्डले जनाएको छ। बोर्डले यसअघि नै १० वटा ऐतिहासिक सेलुलोइड फिल्म डिजिटाइज गरिसकेको छ भने ऐतिहासिक, अभिलेखीय महत्वका तथा साहित्यिक कृतिमा आधारित थप १० फिल्म डिजिटाइज गर्ने तयारी भइरहेको छ।

बोर्डका अनुसार यो अभियान पुराना फिल्मलाई अभिलेखमा मात्र सीमित नराखी दर्शकमाझ पुर्‍याउने प्रयास हो। पुरानो पुस्ताले हेरेका र सम्झनामा राखेका फिल्मलाई नयाँ पुस्ताले पनि परिवारसँग बसेर हेर्न सकून् भन्ने उद्देश्य कार्यक्रमको केन्द्रमा छ।

कार्यक्रममा कलाकार नीर शाह, बोर्ड अध्यक्ष दिनेश डिसी, निर्देशक प्रकाश सायमी, कलाकार आकाश अधिकारी, नायक शिव श्रेष्ठ, पुर्व वोर्ड सदस्य एवं फिल्मकर्मी रवी अधिकारी, हल सञ्चालक वीरेन्द्रनारायण श्रेष्ठ, फिल्मकर्मी चक्रबहादुर चन्द, प्रसाद श्रेष्ठ र कलाकार दीपक अधिकारीलगायतको उपस्थिति थियो ।

जीवन रेखामा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के, प्रकाश थापा, अर्जुनजंग शाही, वसुन्धरा भुषाल, गोपालराज मैनाली, हरिवंश आचार्यलगायतको अभिनय रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link