Home हलिउड/बलिउड ककटेल २ को ट्रेलर जेठ १५ गते सार्वजनिक हुने
 

ककटेल २ को ट्रेलर जेठ १५ गते सार्वजनिक हुने

by Parda Sansar
A+A-
Reset

एजेन्सी । मुम्बईमा आइतबार आयोजित विशेष कार्यक्रममा चलचित्र ककटेल २ का दुई गीत ‘मशुका’ र ‘तुझको’ मिडियालाई विशेष रूपमा देखाइएको छ । कार्यक्रममा शाहिद कपूर, कृति सेनन, रश्मिका मन्दाना, निर्माता दिनेश विजन, लभ रञ्जन, निर्देशक होमी अदजानिया तथा संगीतकार प्रीतम चक्रवर्ती सहभागी थिए ।

‘मशुका’ गीतमा शाहिद र कृति सेननको रोमान्टिक तथा रमाइलो केमेस्ट्री देखाइएको छ भने ‘तुझको’ मा शाहिद र रश्मिकाको भावनात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । कार्यक्रममा गरिएको मतदानमा ‘मशुका’ ले बढी मत पाएपछि यही गीत पहिलो सार्वजनिक गर्ने घोषणा गरिएको थियो ।

कार्यक्रममै चलचित्रको ट्रेलर आगामी जेठ १५ गते सार्वजनिक हुने जानकारी दिइएको छ । चलचित्र असार ५ गतेदेखि प्रदर्शनमा आउनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link