Home Main Highlight News गायक प्रज्वल कार्की र गायिका मेलिना राईको स्वर रहेकाे गीत ‘गोरी मोरी’ सार्वजनिक
 

गायक प्रज्वल कार्की र गायिका मेलिना राईको स्वर रहेकाे गीत ‘गोरी मोरी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । गायक प्रज्वल कार्की र गायिका मेलिना राईको स्वरमा रहेकाे गीत ‘गोरी मोरी’ सार्वजनिक भएको छ। गीतको आधिकारिक म्युजिक भिडियो मिलन भट्टराई अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यस गीतमा शब्द तथा संगीत मिलन भट्टराईको रहेकाे छ । गीतमा प्रेम र भावनात्मक सम्बन्धलाई मधुर ढंगले प्रस्तुत गरेको देख्न सकिन्छ।

भिडियोमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकार पल शाह र मलिका महतको अभिनय देख्न सकिन्छ। उनीहरूको रोमान्टिक केमेस्ट्री, आकर्षक प्रस्तुति र भावपूर्ण अभिनयले भिडियोको मुख्य आकर्षण देखाइएकाे छ। पछिल्लो समय दर्शकमाझ रुचाइएको जोडीमा पर्ने गरेका छन् ।

आकर्षक छायांकन र आधुनिक प्रस्तुतिका कारण भिडियोले छोटो समयमै दर्शकको ध्यान तान्न सफल भएको छ। सार्वजनिक भएसँगै गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया बटुली रहेकाे छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link