बुम्बई । बलिउडको बहुप्रतीक्षित कमेडी फ्रेन्चाइज फिल्म ‘धमाल ४’ को पहिलो गीत ‘चट्नी’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अभिनेता अजय देवगण, अरशद वारसी, रितेश देशमुख, जावेद जाफरी र रवि किशन लगायतका कलाकारहरूको रमाइलो प्रस्तुति देख्न सकिन्छ।
गीतमा नीलकमल सिंह र ममता शर्माको स्वर रहेको छ भने गीतका शब्द धीरज बबुआनले लेखेका हुन् भने संगीत आदित्य देव र नीलकमल सिंहले दिएका छन्। संगीत संयोजन तथा प्रोडक्सनको जिम्मेवारी पनि आदित्य देवले सम्हालेका छन्।
गुलशन कुमार र टी–सिरिजले देवगण फिल्म्ससँगको सहकार्यमा गीत सार्वजनिक गरेको हो। फिल्मको निर्देशन चर्चित निर्देशक इन्द्र कुमारले गरेका छन्। अजय देवगण, भूषण कुमार र कृष्ण कुमार फिल्मका निर्माता हुन्।
सार्वजनिक गीत ‘चट्नी’मा कमेडी, नृत्य र मनोरञ्जनको भरपूर मिश्रण देख्न सकिन्छ, जसले दर्शकमाझ फिल्मप्रति उत्साह थप बढाएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको ‘धमाल ४’ जुलाई १० देखि विश्वभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।

