Home Main Highlight News दर्शकको रोजाइ बन्यो ‘रोल नं. १’, वर्षको तेस्रो सर्वाधिक कमाउने चलचित्र
 

दर्शकको रोजाइ बन्यो ‘रोल नं. १’, वर्षको तेस्रो सर्वाधिक कमाउने चलचित्र

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । चलचित्र ‘रोल नं. १’ले घरेलु बक्सअफिसमा १ करोड ३५ लाख १५ हजार ९९३ रूपैयाँ ग्रस कमाइ गरेको छ । जेठ १५ गते रिलिज जोन योञ्जन निर्देशित यो चलचित्रले ३१ गतेसम्ममा उक्त कमाइ गरेको हो । योसँगै ‘रोल नं. १’ यस वर्षको अहिलेसम्मको तेस्रो धेरै कमाउने नेपाली चलचित्र बनेको छ ।

यसले जेठ ८ गतेदेखि प्रदर्शनमा रहेको ‘मितज्यू’लाई कमाइमा पछि पार्दै उक्त स्थान ओगटेको हो । दयाहाङ राई, सौगात मल्ल र टेरिया मगरको मुख्य अभिनय रहेको ‘मितज्यू’ को कुल ग्रस कमाइ १ करोड ३२ लाख ५३ हजार ३४२ रूपैयाँ छ ।

यस वर्ष अहिलेसम्म सर्वाधिक कमाउने चलचित्र भने ‘लालीबजार’ हो । वैशाख २५ गते रिलिज ‘लालीबजार’ ले ९ करोड १६ लाख ६५५ रूपैयाँ ग्रस कमाइ गरेको छ ।

दोस्रो स्थानमा सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापा अभिनीत ‘परालको आगो’ रहेको छ । अहिले अधिकांश हलबाट उत्रिसकेको यो चलचित्रको कमाइ ४ करोड २८ लाख ११ हजार ४५५ रूपैयाँ छ । यो चलचित्र बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको थियो ।

‘रोल नं. १’ सोमबार सार्वजनिक बक्स अफिस रिपोर्टअनुसार तेस्रो स्थानमा उक्लिएको हो । यसअघि तेस्रो स्थानमा रहेको ‘मितज्यू’ भने अब चौथो स्थानमा झरेको छ ।

चलचित्र ‘रोल नं. १’ ले विद्यार्थी जीवन, शिक्षा प्रणाली र बालबालिकाले सामना गर्ने मनोवैज्ञानिक दबाबको कथा भन्छ । यसमा मुकुन भुसाल,सुशांक मैनाली, निर्भिक रेग्मी, रेणुनाथ योगी, एवोनराज उप्रेती, सुभाष गजुरेल, संयम कटुवाल, रिंचेन लामालगायत कलाकारहरूको अभिनय छ । चलचित्रको निर्माता विनोद पौडेल र जान्बी पौडेल हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link