झापा । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ ।
प्रचारप्रसारको सुरुआतस्वरूप सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री न्यान्सी खड्कालाई ढुङ्गे चौतारोमा रुखमुनि गम्भीर र निराश भावमा देख्न सकिन्छ । उजाड रुखहरूको पृष्ठभूमिले फिल्मको कथामा पीडा, संघर्ष र भावनात्मक यात्रा हुन सक्ने संकेत गरेको छ ।
फिल्ममा न्यान्सीसँगै सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाहा लगायतका कलाकारको अभिनय रहेको छ । बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि देखिनेछन् ।
विनय राज पौडेलको निर्देशनमा बनेको फिल्मको कथा निर्माता उग्रसेन ढुंगानाले लेखेका हुन् भने पटकथा तथा संवादमा अभिमन्यु निरवीको सहकार्य रहेको छ । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन् ।
फिल्ममा कर्णराज गिरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन र दिपेन बस्न्यातको छायांकन रहेको छ । पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् । फिल्मलाई नेशनल सिने ग्रुप नेपाल प्रालिमार्फत देशभर प्रदर्शन गरिनेछ ।

