Home Main Highlight News ‘लज्जावती’काे एकसाथ पाँच पाेस्टर सार्वजनिक
 

‘लज्जावती’काे एकसाथ पाँच पाेस्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । आहा फिल्म्स प्रालिको ब्यानरमा बनेकाे चलचित्र ‘लज्जावती’काे एकसाथ पाँच पाेस्टर सार्वजनिक भएकाे छ ।  चलचित्र आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने तयारी रहेकाे छ ।

पाेस्टरमा मुख्य कलाकार मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझीलाई विभिन्न क्यारेक्टर लुक्समा देख्न सकिन्छ । पाेस्टरमा महिलाकाे पहिरन लगाएर मुकुन भुषालले श्रीकृष्णलाई किन बाेकिरहेका छन् भन्ने कुराले दर्शकलाई कौतुहल बनाएकाे छ । चलचित्रकाे लेखन तथा निर्देशन राजबहादुर सानेले गरेका हुन् ।

‘लज्जावती’मा धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायत कलाकारहरूको पनि अभिनय रहेको छ । सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया हुन् । दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link