Home Main Highlight News ‘आबाट आमा २’ को विदेशमा दबदबा : मध्यपूर्व साेल्ड आउट
 

‘आबाट आमा २’ को विदेशमा दबदबा : मध्यपूर्व साेल्ड आउट

by Parda Sansar
A+A-
Reset

काठमाडौँ निर्देशक चन्द्र पन्तको बहुप्रतिक्षित चलचित्र आबाट आमा २’ प्रदर्शनमा आउनु अगावै अन्तर्राष्ट्रिय बजारमा हिट साबित भइरहेको छ । प्रदर्शन हुनुअघि नै विभिन्न देशहरूमा यसको वितरण अधिकार (डिस्ट्रिब्युसन राइट्स) बिक्री भइरहेकाले चलचित्रप्रति दर्शक र वितरकको माग उच्च रहेको प्रस्ट पारेको छ ।

हालै मात्र चलचित्रको मध्यपूर्व (यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमान) का लागि प्रदर्शन अधिकार बिक्री भएको छ। आर्या इन्टरटेनमेन्ट प्रा.लि. र आशिष इन्टरटेनमेन्टबीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको वितरण अधिकार ‘सोल्ड आउट’ भएको हो ।

यसअघि नै चलचित्रको प्रदर्शन अधिकार जापानका लागि ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ तथा अमेरिका र क्यानडाका लागि ‘डोको फिल्म्स’ ले खरिद गरिसकेका छन्।

चलचित्रको बजार र वितरण:

  • मध्यपूर्व क्षेत्र: आशिष इन्टरटेनमेन्ट
  • जापान: आर एन्ड बी इन्टरटेनमेन्ट
  • अमेरिका तथा क्यानडा: डोको फिल्म्स
  • नेपाल (घरेलु वितरण): आरआर फिल्म्स
  • डिजिटल अधिकार: ओएसआर डिजिटल

वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा जीवन बिताइरहेकी आमाको कारुणिक भावनालाई चलचित्रले केन्द्रमा राखेको छ ।

आउँछु भन्ने एउटा झुटो आशामा आमाले वर्षौँदेखि जमरा छरिरहेकी हुन्छिन्” चलचित्रमा समावेश यो भावनात्मक संवादले कथावस्तुप्रति दर्शकमाझ थप उत्सुकता जगाएको छ। ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ स्लोगन रहेको यो चलचित्र पूर्ण रूपमा पारिवारिक एवं भावनात्मक कथावस्तुमा आधारित रहेको छ ।

आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली चलचित्र जगत्का स्थापित तथा लोकप्रिय कलाकारहरूको मुख्य भूमिका रहेको छ । पल शाह, मलिका महत, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का लगायत कलाकारको अभिनय चलचित्रमा रहनेछ ।

पहिलो भागको सफलता

निर्देशक चन्द्र पन्तकै निर्देशन तथा निर्माणमा बनेको यसको पहिलो भाग आ बाट आमा’ ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा माथिको ऐतिहासिक व्यापार गरेको थियो। चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवमा यसलाई नेपालकै सर्वाधिक कमाउने चलचित्रको सूचीमा समेत राखेको थियो ।

पहिलो भागको बम्पर सफलता र दोस्रो भागको प्रदर्शन अगावैको उत्साहजनक व्यापारले गर्दा आगामी असोज ३० गते देखि प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई लिएर निर्माण पक्ष निकै उत्साहित देखिएको छ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link