Home Main Highlight News मेस्सीसँग स्पाइडर–म्यानको धमाकेदार ट्रेलर सार्वजनिक
 

मेस्सीसँग स्पाइडर–म्यानको धमाकेदार ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

लस एन्जलस । फुटबल स्टार लियोनल मेस्सी मार्भलको बहुप्रतीक्षित नयाँ फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’को एक प्रमोसनल भिडियोमा सरप्राइज क्यामियो भूमिकामा देखिएका छन् ।

सोनी पिक्चर्सले सन् २०२६ को फिफा विश्वकपलाई लक्षित गर्दै विश्वव्यापी बजार प्रवद्र्धनका लागि सार्वजनिक गरेको यस भाइरल विज्ञापनमा इन्टर मियामीका सुपरस्टार मेस्सीले मार्भल सिनेम्याटिक युनिभर्सका पिटर पार्कर (टम हल्यान्ड) सँग स्क्रिन सेयर गरेका हुन् ।

न्यूयोर्क सहरको एउटा शान्त कफी शपमा पिटर पार्कर फोनमा कुरा गरिरहेको अवस्थामा मेस्सी आफ्नो मोबाइलमा काल्पनिक ‘स्पाइडी ट्रयाकर’ एप प्रयोग गर्दै त्यहाँ प्रवेश गरेपछि भिडियोको कथा सुरु हुन्छ ।

मेस्सीलाई देखेपछि पिटर त्यहाँबाट सुटुक्क निस्केर स्पाइडर-म्यानको पूर्ण रूपमा सजिएर फर्कन्छन् र मेस्सीले स्पेनिस भाषामा अचम्म मान्दै सोधेको प्रश्नपछि स्पाइडर–म्यानले उनलाई न्यूयोर्कको आकाशमा वेब–स्लिङ्गिङ (जालको सहारामा) सयर गराउँछन् ।

यो प्रचारप्रसार भिडियोले इन्टरनेटमा निकै ठूलो चर्चा र उत्साह पैदा गरे पनि मेस्सी मुख्य चलचित्रको कलाकार टोलीमा भने सामेल छैनन् र यो केवल एउटा मार्केटिङ स्टन्ट मात्र हो ।

डेस्टिन ड्यानियल क्रेटनद्वारा निर्देशित ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ मा टम हल्यान्ड, जेन्डाया र सेडी सिङ्कको मुख्य अभिनय रहनेछ । यो फिल्म ‘स्पाइडर–म्यानः नो वे होम’ को घटनापछि सबैले बिर्सिसकेको एक्लो पिटर पार्करको जीवन र संघर्षको कथामा आधारित एमसीयूको चौथो स्पाइडर-म्यान संस्करण हो । यो ब्लकबस्टर चलचित्र आगामी जुलाई ३१, २०२६ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link