Home Main Highlight News ‘अक्षरा’को नयाँ पोस्टर सार्वजनिक
 

‘अक्षरा’को नयाँ पोस्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । विनय राज पौडेल निर्देशित चलचित्र ‘अक्षरा’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरको केन्द्रमा सिनेमाका मुख्य पात्रको रुपमा सुशील सिटौला र न्यान्सी खड्कालाई प्रस्तुत गरिएको छ।

उनीहरूको गम्भीर भावले सम्बन्धभित्रको चिसोपनलाई दर्साउँछ ।  जहाँ सुशीललाई टाइसुटमा र न्यान्सीलाई सामान्य पहिरनमा देख्न सकिन्छ ।  यो चलचित्र यही भदौ २६ गतेबाट देशभर प्रदर्शन हुने तयारी रहेको छ ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको यस चलचित्रमा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सृष्टि खड्का लगायतको अभिनय रहेको छ । बालकलाकार रोनक खड्का र प्रीसा ढुङ्गानालाई पनि फिल्ममा देख्न पाइनेछ ।

सोनी थापा (ढुङ्गाना) को प्रस्तुति रहेको ‘अक्षरा’ मा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको निर्माणमा लगानी रहेको छ । यस प्रोजेक्टमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेका छन् ।  सिनेमाको मूल कथा निर्माता उग्रसेन स्वयंले लेखेका हुन् । यसमा पटकथा र संवाद भने निर्देशक पौडेल र लेखक अभिमन्यु निरवीको रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link