Home Main Highlight News मित्रराष्ट्रसँगको सम्बन्धमा असर पार्ने फिल्म अब नेपालमा नचल्ने
 

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पार्ने फिल्म अब नेपालमा नचल्ने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । सरकारले नेपालको सुरक्षा, शान्ति, सार्वजनिक व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा प्रतिकूल असर पार्ने कथावस्तु भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिने नीति कडाइका साथ लागू गर्ने भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई पत्र पठाउँदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८(३) अनुसार यस्ता फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिबाट अनुमति दिन नमिल्ने स्पष्ट गरेको हो।

मन्त्रालयले निर्माता, वितरक तथा सम्बन्धित सबै पक्षलाई पनि यसबारे जानकारी गराउन निर्देशन दिएको छ। हालै भारतीय फिल्म ‘अल्फा’ को प्रदर्शनलाई लिएर भएको विवादपछि मन्त्रालयले यस्तो कदम चालेको हो । यसअघि विवादका बीच सञ्चारमन्त्रीको हस्तक्षेपपछि उक्त फिल्मले प्रदर्शन अनुमति पाएको थियो ।

नयाँ निर्देशनपछि नेपालका मित्रराष्ट्रसँगको सम्बन्धमा असर पार्न सक्ने कथावस्तु भएका विदेशी चलचित्रको प्रदर्शन प्रभावित हुने देखिएको छ। पछिल्ला वर्षमा नेपालमा सफल भएका केही भारतीय स्पाइ तथा युद्धप्रधान फिल्म पनि अब भने कडा परीक्षणमा पर्ने सम्भावना बढेको छ।

पाकिस्तानविरोधी कथावस्तुका भारतीय फिल्मलाई मध्यपूर्वका मुलुकले भने यसअघिदेखि नै रोक लगाउँदै आइरहेका छन् । उनीहरूले बलिउडका धुरन्धरजस्ता स्पाइ जनराका फिल्मलाई रोक लगाएका थिए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link