Home Main Highlight News चलचित्र ‘आचार्य’काे पहिलो झलक सार्वजनिक, असोज ९ मा प्रदर्शन
 

चलचित्र ‘आचार्य’काे पहिलो झलक सार्वजनिक, असोज ९ मा प्रदर्शन

by Parda Sansar
A+A-
Reset

बिर्तामाे‍ड । निखिल उप्रेतीको बहुप्रतीक्षित फिल्म ‘आचार्य’को प्रदर्शन मिति घोषणा भएको छ । पोस्टरसहितको पहिलो झलक सार्वजनिक गर्दै उनले फिल्म ९ असोज (२५ सेप्टेम्बर)मा हलहरुमा रिलिज हुने जनाएका हुन् ।

पोस्टरमा उनको एक्सन र एंग्री योङ म्यानको अवतार देख्न सकिन्छ । उडेर आउने बाज उनको हातमा बस्छ, पिठ्युँमा संस्कृति श्लोकको ट्याटु खोपिएको छ । लोगो र पहाडी परिवेश पनि चित्रणलाइ पनि देखाइएकाे छ ।

फिल्ममा आचार्यको अर्थ कुनै जात र समुदाय नभएर युद्ध र कूटनीतिमा निपुणता हासिल गरेको एक गुरु हो । दार्शनिक तवरले कम्पोज गरिएको यो पात्रको शीर्ष भूमिकामा निखिल स्वयम देखिएका छन् ।

दृश्य, पृष्ठभूमिको संगीतले फिल्मलाई ‘लार्जर देन लाइफ’ आभाष दिन्छ । निखिल उप्रेती प्रोडक्सन प्रालिको प्रस्तुति रहेको फिल्ममा निखिल स्वयमको शीर्ष भूमिकामा छन् ।

उनीसँगै पूर्णिका सिजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, भारतीय कलाकार दीपराज राणासहितको अभिनय रहेकाे छ । यसको पटकथा पनि निखिल स्वयमले लेखेका हुन् भने नेपाल र भारतमा यस फिल्मकाे छायांकन गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link