Home Main Highlight News ‘प्रतिवैरम्’ मङ्सिर ४ देखि प्रदर्शनमा
   

‘प्रतिवैरम्’ मङ्सिर ४ देखि प्रदर्शनमा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । मधेशको सामाजिक परिवेश, संघर्ष, सम्बन्ध, पीडा र बदलाको कथामा आधारित फिल्म ‘प्रतिवैरम्’ आगामी मङ्सिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले रिलिज मिति सहितको आधिकारिक पोस्टर सार्वजनिक गरेको हो ।

आगोको थिममा तयार पोस्टरमा मुख्य पात्र सम्राट दासलाई रगताम्मे तथा आक्रामक अवतारमा प्रस्तुत गरिएको छ भने सुप्रज्ञा शर्मालाई अङ्गालोमा सुरक्षित राख्न खोजेको देखिन्छ । यसले फिल्ममा एक्सनसँगै प्रेम, पारिवारिक सम्बन्ध र प्रतिशोधको कथा रहेको संकेत गर्छ ।

रेज इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मलाई रोशन दासले निर्देशन गरेका छन् । पटकथा तथा संवाद युवराज भट्टराईको हो । सत्यराज चौलागाईं ‘एसआरसी’ र हर्ष कुमार यादव निर्माता रहेको फिल्ममा सम्राट दासले डेब्यु गरेका छन् । वीरेन्द्र सिंह कुशवाहा, अलिशा बास्तोला, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ ।

फिल्म नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा प्रदर्शन हुनेछ । मैथिली तथा भोजपुरीमार्फत मधेशका दर्शक र हिन्दीमार्फत सीमावर्ती भारतीय बजारसम्म पहुँच विस्तार गर्ने निर्माण पक्षको लक्ष्य छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link