Home Main Highlight News ‘ए मेरो हजुर ५’को छायांकन सुरु, २५ वर्षपछि झरना थापा पनि देखिँदै
   

‘ए मेरो हजुर ५’को छायांकन सुरु, २५ वर्षपछि झरना थापा पनि देखिँदै

by Parda Sansar
A+A-
Reset

काठमाडौं । निर्देशक झरना थापाले आफ्नो चर्चित फिल्म ‘ए मेरो हजुर’को पाँचौं श्रृंखला ‘ए मेरो हजुर ५’को छायांकन सुरु गरेकी छन् । शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गर्दै फिल्मको छायांकन थालिएको हो ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा अनमोल केसी र सुहाना थापाले शीर्ष भूमिकामा निरन्तरता पाएका छन् । फिल्ममा दिलिप रायमाझी, झरना थापा, सलोन बस्नेत, नीरज पन्थी र आशा भुसालको समेत अभिनय रहनेछ ।

फिल्मको छायांकन काठमाडौंसँगै बाजुराको प्रसिद्ध बडिमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्जमा गरिनेछ । धार्मिक तथा पर्यटकीय स्थललाई फिल्ममा समेट्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्य रहेको निर्देशक थापाले बताएकी छन् ।

यसपटक झरना थापा निर्देशकसँगै अभिनेत्रीका रूपमा पनि देखिँदैछिन् । ‘ए मेरो हजुर’को पहिलो भागमा अभिनय गरेकी झरना २५ वर्षपछि पुनः श्रृंखलामा फर्किन लागेकी हुन् । उनको भूमिका भने गोप्य राखिएको छ ।

निर्माता सुनिलकुमार थापा रहेको फिल्म २०८४ सालको बैशाखमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link