Home समाचार २२ प्रतियोगी, २२ कथा : मिसेस पूर्वेली आइकन–३
   

२२ प्रतियोगी, २२ कथा : मिसेस पूर्वेली आइकन–३

by Parda Sansar
A+A-
Reset

इटहरी । विवाहित महिलाको क्षमता, आत्मविश्वास र पहिचानलाई केन्द्रमा राख्दै ‘मिसेस पूर्वेली आइकन’को तेस्रो संस्करणको तयारी तीव्र पारिएको छ । ओपन स्पेस प्रालिको आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका २२ जना विवाहित महिला सहभागी हुँदैछन् ।

प्रतियोगितामा डाक्टर, शिक्षक, बैंकर, फार्मासिस्ट, ब्युटिसियन, व्यवसायी, उद्यमी, बीमा अधिकृत तथा गृहिणीलगायत विविध पेशा र पृष्ठभूमिका महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यस संस्करणको मुख्य आकर्षण प्रतियोगीहरूको भिडियो डकुमेन्ट्री रहनेछ । र्याम्पमा प्रस्तुतिसँगै उनीहरूको जीवनकथा, संघर्ष, उपलब्धि, रुचि र सामाजिक योगदानलाई भिडियोमार्फत दर्शकमाझ प्रस्तुत गरिनेछ ।

कार्यक्रम निर्देशक तथा ओपन स्पेस प्रालिका म्यानेजिङ डाइरेक्टर सरोज श्रेष्ठले हरेक महिलाको आफ्नै कथा हुने भन्दै बाहिरी सौन्दर्यभन्दा उनीहरूको सोच, संघर्ष र पहिचानलाई प्राथमिकता दिइएको बताए ।

आगामी भदौ ७ गते इटहरीस्थित होटल रमदामा २२ प्रतियोगीको विशेष फोटोसुट आयोजना गरिनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कात्तिक १ गते इटहरीमा हुनेछ ।

फिनालेमा व्यक्तित्व, आत्मविश्वास, प्रतिभा, प्रस्तुति र सामाजिक दृष्टिकोणका आधारमा विजेता छनोट गरिनेछ । ‘२२ प्रतियोगी, २२ फरक कथा र एउटै उद्देश्य’लाई मूल मन्त्र बनाइएको प्रतियोगिताले विवाहित महिलाको सशक्तीकरणमा योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link