Home Main Highlight News आयाे ‘आचार्य’काे टिजर, निखिलकाे स्काइडाइभदेखि कार चेसकाे झलकले बढायाे चासाे
   

आयाे ‘आचार्य’काे टिजर, निखिलकाे स्काइडाइभदेखि कार चेसकाे झलकले बढायाे चासाे

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । एक्सन किङ निखिल उप्रेतीको निर्देशनमा बनेको चलचित्र ‘आचार्य’को टिजर मंगलबार सार्वजनिक गरिएको छ ।

टिजरमा निखिल उप्रेती विभिन्न लुक्समा शक्तिशालीरुपमा प्रस्तुत भएका छन् । करिब २ मिनेटको टिजर अनेक एक्सन सिक्वेन्सले भरिएका छन् । जसमा निखिलले स्काइ डाइभदेखि कार चेसिङ, बाइक रेसिङ र विभिन्न धमाकेदार दृश्यहरु हेर्न पाइन्छ ।

कतै लामो कपाल पालेर साधु जस्तो देखिन्छन् भने कतै दाह्रीमा ‘रफ’ लुक्समा देखिएका छन् । टिजरमा देखाइएको ‘धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ लेखिएको ट्याटु र संवादले फिल्मले सामाजिक न्याय र अधर्म विरुद्धको लडाइँलाई कथाको विषयवस्तु बनाएको अनुमान लगाउन सकिन्छ ।
यस फिल्मबाट पुर्णिका सिजापतिले डेब्यु गर्दैछिन् । फिल्ममा दिपकराज राना, प्रमोद अग्रहरी, साउथ फिल्मका चर्चित अभिनेता रघु बाबु, रघु करुमान्ची लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको सम्पादन बन्दे प्रसादले गरेका हुन् भने छायाँकन सौरभ लामा, मन्नु बिके, नवराज कृष्ण थापाले गरेका हुन् । ब्याकग्राउन्ड म्युजिक कालचरणको रहेको छ भने म्युजिक डिरेक्सन युग भुषालले गरेका छन् । त्यस्तै कोरियोग्राफीमा गम्भीर विष्ट र किरण थापाले गरेका छन् । टिजर कटिङ सन्देश शाहले गरेका हुन् ।

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा द्वन्द्व निर्देशन शुक्रराज शाहको छ भने निर्माण कृष्ण भट्टराईले गरेका हुन् । फिल्म आगामी असोज ९ गतेदेखि देशभरका प्रदर्शनमा आउँदैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link