Home Main Highlight News ‘अक्षरा’को ट्रेलर सार्वजनिक, निर्माताको हिस्साको १० प्रतिशत विपद् कोषमा
   

‘अक्षरा’को ट्रेलर सार्वजनिक, निर्माताको हिस्साको १० प्रतिशत विपद् कोषमा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको ३ मिनेट २४ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलर सार्वजनिकसँगै निर्माण पक्षले सामाजिक उत्तरदायित्वअन्तर्गत चलचित्र प्रदर्शनपछि हलबाट निर्माताको भागमा प्राप्त हुने रकमको १० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेको छ।

चलचित्रको कथाले छोरीको इच्छाविपरीत अभिभावकले जबरजस्ती विवाह गरिदिँदा परिवारमा उत्पन्न हुने द्वन्द्व र त्यसबाट सिर्जना हुने सामाजिक समस्यालाई केन्द्रमा राखेको छ। सार्वजनिक ट्रेलरमा पनि यही विषयलाई भावनात्मक तथा पारिवारिक घटनाक्रममार्फत प्रस्तुत गरिएको छ।

विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्काको मुख्य भूमिका छ। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने र सृष्टि खड्काले अभिनय गरेका छन्। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको ‘अक्षरा’लाई सोनी थापा (ढुङ्गाना)ले प्रस्तुत गरेकी हुन्। चलचित्रमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी रहेको छ भने सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता छन्।

उग्रसेन ढुङ्गानाको मूल कथामा आधारित चलचित्रको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। चलचित्र भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link