Home Main Highlight News नेपाल चलचित्र कलाकार संघद्वारा शुभकामना आदानप्रदानसँगै ‘साथी राइड’ सेवाको शुभारम्भ
   

नेपाल चलचित्र कलाकार संघद्वारा शुभकामना आदानप्रदानसँगै ‘साथी राइड’ सेवाको शुभारम्भ

by Parda Sansar
A+A-
Reset

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’ सेवाको शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले संयुक्त रूपमा सेवाको शुभारम्भ गरेका हुन् ।

संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मी, कलाकार, प्राविधिक, लेखक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रममा वक्ताहरूले प्राकृतिक विपत्ति र बाढीबाट प्रभावित जनजीवनलाई मध्यनजर गर्दै यस वर्षको दशैं सचेत र सामान्य रूपमा मनाउन आग्रह गरे । उनीहरूले चाडपर्वमा अनावश्यक तडकभडकभन्दा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएका थिए ।

अध्यक्ष केसीले नेपाली जनशक्ति, रोजगारी र अर्थतन्त्रलाई आधार बनाएर सञ्चालनमा ल्याइएको साथी मोबिलिटी प्रालिको ‘साथी राइड’ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । वक्ताहरूले स्वदेशी सेवा तथा उत्पादनको प्रवर्द्धनसँगै नेपाली जनशक्ति र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा गायक आनन्द कार्की, राजन चौलागाई, विनोद ढकाल, सुमित खड्का र कृष्णराज भण्डारी तथा गायिका सारिका घिमिरे र अनु गौतमले सांगीतिक प्रस्तुति दिएका थिए । यस्तै, विभिन्न विद्यालय तथा डान्स ग्रुपले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमकै अवसरमा ‘साथी राइड’को मोबाइल एप डाउनलोड गर्ने राइडर तथा प्रयोगकर्तामध्ये गोलाप्रथाबाट पाँच–पाँच जना छनोट गरी पुरस्कार प्रदान गरिएको थियो । छनोट भएका राइडरलाई हेलमेट र प्रयोगकर्तालाई इयरबड वितरण गरिएको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार किरण केसी ‘रातामकै’, साहित्यकार राधेश्याम लेकाली, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीसहित चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन संघका सचिव गोपाल ढकाल ‘छन्दे’ले गरेका थिए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link