काठमाडौँ । चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत ९ वटा नेपाली सिनेमाको ग्रसअफिस कलेक्सन विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार चलचित्र ‘गौँथली’ले २५ असोजसम्ममा ९ लाख ४४ हजार ६१२ वटा टिकट बिक्री गर्दै २६ करोड २ लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाएको छ ।
गौँथली हालसम्म यस वर्षकै सर्वाधिक कमाउने सिनेमा हो । साउन १ गतेबाट रिलिज भएको यो सिनेमा १०० दिनको नजिक रहेको छ । दोस्रो स्थानमा छ ‘पेन्सन पट्टा’ । ‘लालीबजार’को ९ करोड ३२ लाख रुपैयाँको कमाइलाई उछिन्दै भदौ २६ गते प्रदर्शन आएको ‘पेन्सन पट्टा’ले आइतबारसम्ममा ९ करोड ८८ लाख ९२ हजार १८८ रुपैयाँ ग्रस कमाएको छ ।
बोर्डको सिनेपा : विवरणअनुसार चलचित्र ‘बा : एक योद्धा’ले ३ करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कमाइ गरेको छ । त्यस्तै, ‘आचार्य’ले १ करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ, ‘बेहुली’ले २ करोड ९९ लाख ४० हजार ७२४ रुपैयाँ, ‘झिँगेदाउ २’ले १ करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले १ करोड ३१ लाख ६० हजार ५४५ रुपैयाँ, ‘चमेलीको पोइ’ले ५ लाख ५० हजार २१० रुपैयाँ र ‘चंगुल’ले १ लाख ३८ हजार ३८० रुपैयाँ ग्रस कमाएका छन् ।


