Home स्थानीय समाचार एलियाना, संस्कार, जेशिका, अनुभव , इतुसा र एड्रिनलाई उपाधि
   

एलियाना, संस्कार, जेशिका, अनुभव , इतुसा र एड्रिनलाई उपाधि

by Parda Sansar
A+A-
Reset

इलाम । इलाममा आयोजित दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२५ को उपाधि सिनियरतर्फ एलियाना अधिकारी र संस्कार गुरुङले उचालेका छन् । जुनियरतर्फ अनुभव बस्नेत र जेशिका कर्मचार्य साथै प्रि-जुनियरतर्फ एड्रिन बस्नेत र इतुसा योङहाङ विजेता बनेका छन् ।

ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा सिनियर प्रिन्सेसतर्फ सम्पदा पराजुली फर्स्ट रनरअप, आन्सिका सुवेदी सेकेन्ड रनरअप बनेका छन् । त्यस्तै जुनियर प्रिन्सेसतर्फ आइरिस लिम्बू फर्स्ट रनरअप, आशना भट्टराई र दिक्षिता अधिकारी सेकेन्ड रनरअप भएका छन् । यसैगरी, प्रिजुनियर प्रिन्सेसतर्फ शुभना प्रधान फर्स्ट रनरअप, युडे्रना तामाङ सेकेन्ड रनरअप बनेका छन् । प्रिन्ससिनियर संयोग बिस्ट र प्रिन्स प्रि जुनियर तर्फ नाइसन श्रेष्ठ फर्स्ट रनरअप बनेका छन् ।

प्रतियोगितामा सोसल मल्टिमिडिया अवार्ड अनुभव बस्नेत र भुभिसा पुरीले जित्न सफल भएका छन् । अडियन्स चोइज अवार्ड रिदिमा बराइली र शुभना प्रधानले जितेका छन् । बेस्ट कल्चरल ड्रेस अवार्ड संस्कार गुरुङ र अवानि सुवेदीले जित्न सफल भएका छन् ।

सबटाइटल अवार्डतफमोस्ट ब्युटिफुल जेशिका कर्माचार्य र युड्रेना तामाङ, बेस्ट डिसिप्लिन आशना भट्टराई, बेस्ट ट्यालेन्ट आइरिस लिम्बू, अनुभव बस्नेत र भुविसा पुरी, लिटिल कंगनालिटी सम्पदा पराजुली, ब्युटिफुल स्माइल शुभना प्रधान, मोस्ट क्युट प्रस्तुति राई, बेस्ट पफेन्स दिक्षिता अधिकारी, ब्युटिफुल फोटोजेनिक अन्सिका सुवेदी, बेस्ट लिडरसिप प्रनभी गुरुङ, बेस्ट इन्टेलिजेन्ट रिसिका क्षेत्री, मोस्ट हेन्डसम संयोग बिस्ट र एड्रिन बस्नेत, ब्युटिफुल चार्मिङ अवार्ड अवानी सुवेदी , ब्युटिफुल पर्सानालिटी एलियाना अधिकारी, मोस्ट ग्ल्यामरस रिदिमा बराइली, मोस्ट कन्फिडेन्ट स्नेहा धमला, बेस्ट एनर्जेटिक नाइसन श्रेष्ठ र ब्युटिफुल वाक सर्बिना लिम्बूले प्राप्त गरेको ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर आशिम ज्वयल श्रेष्ठले बताए । उनले बालबालिकामा रहेको प्रतिभा उजागर गर्दै उनीहरुको क्षमता विकासका लागि ग्ल्यामरस नेपाललाई विगत दुई दशकदेखि कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।

प्रतियोगितामा प्रमुख निर्णायकको रुपमा फेसन डिजाइनर आशा बानियाँ उप्रेती, कलाकार तथा शिक्षासेवी स्मृति प्रधान, समाजसेवी सामाजिक अभियन्ता सुदीप श्रेष्ठ, मोडल एलिजा जोशी र सामाजिक अभियन्ता ब्युटिसियन स्वस्तिका श्रेष्ठ रहनु भएको थियो । ग्ल्यामसर नेपालकी सञ्चालिका कविता ज्वयल श्रेष्ठको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा इलाम नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ, विशिष्ट अतिथि शिक्षासेवी, प्रज्ञा सदन एकाडेमीका संस्थापक, सामाजिक अभियन्ता विकास कर्माचार्य, युनिभर्सल डान्स सेन्टरका संस्थापक नृत्य निर्देशक रोशन कर्माचार्य, प्याब्सन इलामका जिल्ला अध्यक्ष नुनुमा राई, प्याब्सन इलाम नगरका अध्यक्ष भूपाल थापा, ग्लोडेन फ्युचर एकाडेमीका संस्थापक कुमार चौहान, हेरिटेज नेशनल एकाडेमीका जितबहादुर तामाङ र शिवसतासी नगरपालिका झापाका स्वास्थ्य प्रमुख पंकज राम लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । मनकामना फट एन्ड वेभरेजको विशेष सहयोग रहेको थियो ।

कार्यक्रममा युनिभर्सल डान्स सेन्टरका विद्यार्थीले सामुहिक नृत्य प्रस्ततु गरेका थिए । कार्यक्रमको सञ्चालन कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठ र सुवास राईले गरेका थिए भने स्वागत मन्तव्य ग्रिन भ्याली एकाडेमीका कोअर्डिनेटर सिएम चम्लगाईले गरेका थिए । प्रतियोगितामा ६३ जनाबाट छानिएर ग्रान्ड फिनालेमा २३ जना बालबालिकाले २५ दिनको बन्द प्रशिक्षणपश्चात प्रतिस्पर्धा गरेका थिए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link