Home Main Highlight News ‘सुख-दु:ख’ को छायांकनमा जोडिए भारतीय कबीर लाल र शाहिद लाल
   

‘सुख-दु:ख’ को छायांकनमा जोडिए भारतीय कबीर लाल र शाहिद लाल

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । फिल्म ‘सुख-दु:ख’ मा भारतीय छायाकार कबीर लाल र शाहिद लाल अनुबन्धित भएका छन्। निर्माण पक्ष र उनीहरूबीच औपचारिक सम्झौता भएको फिल्मकी निर्देशक नीता ढुंगानाले बताइन्।

कबीर लालले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी फिल्म छायांकन गरिसकेका छन्। शाहिद लालले मुख्यतः कन्नड र तेलुगु फिल्म छायांकन गरेका छन्।

फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ। निर्देशक ढुंगानाले उपत्यका बाहिरका लागि छविराज ओझा र उपत्यकाभित्रका लागि करण श्रेष्ठलाई वितरणको जिम्मा दिएको जानकारी दिइन्।

फिल्मको निर्माण व्यवस्थापन शंकर पाण्डेलाई दिइएको छ। निर्देशक ढुंगानाले प्राविधिक पक्षमा प्राथमिकता दिँदै हालसम्म कलाकारबारे जानकारी सार्वजनिक गरेकी छैनन्।

फिल्म नीता फिल्म्सको ब्यानरमा बन्न लागेको हो। ‘मलाई निर्देशकको रूपमा विश्वास गर्नु भएकोमा सबैलाई मनदेखि धन्यवाद। ‘सुख-दु:ख’ हाम्रो सांस्कृतिक भावना र कथामा नयाँ आयाम थप्नेछ,’ निर्देशक ढुंगानाले भनिन्। याे उनको दोस्रो निर्देशन हो। यसअघि नीताले ‘ह्रस्वदीर्घ’ निर्देशन गरेकी थिइन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link