Home Main Highlight News फिल्म ‘एक्लो’ को पहिलाे पाेस्टर भिडियोमा सार्वजनिक
 

फिल्म ‘एक्लो’ को पहिलाे पाेस्टर भिडियोमा सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । साइन्स, फिक्सन जनरामा बनेको फिल्म ‘एक्लो’ को पहिलाे पाेस्टर भिडियोमा सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो।

फिल्मका निर्देशक प्रदीप शाही हुन्। फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, श्रीशेष श्रेष्ठ लगायतले अभिनय गरेका छन् भने बाल कलाकारमा जेमिन श्रेष्ठ र स्योन सविक सिंह, तथा बेलायती अभिनेता जेमी बेकनले अभिनय गरेका छन्।

‘एक्लो’ ले यसअघि कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति जनाएको थियो। फिल्मका निर्मातामा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन्।

कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। फिल्मको बाबु श्रेष्ठले छायांकन गरेका फिल्म राजु तामाङको द्वन्द्व निर्देशनमा बनेको छ। फिल्म आगामी पुसमा प्रदर्शन हुनेछ।
https://www.youtube.com/watch?v=g-aPFYVLFSI

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link