187
बिर्तामाेड । ‘सुम्निमा’मार्फत सोल गुरुङले नेपाली चलचित्रमा डेब्यु गर्ने भएकी छन् । लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यसअघि केही म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।
हालै लन्डनमा फिल्मको पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जनाएको छ । यही अवसरमा टिमले मुख्य कलाकार भन्दै सोललाई सार्वजनिक गरेको हो । दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ ।
प्रेमकथामा आधारित यस फिल्मका निर्देशक मिलन चाम्स हुन् । फिल्म गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको छ । फिल्ममा सोल गुरुङ, कुन्साङ बमजन, अनुप विक्रम शाही, धीरेन शाक्य, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।



