102
बिर्तामोड । फिल्म निर्माता तथा अभिनेता ईश्वर थापाको शब्द, सङ्गीत रहेको गीत ‘शरदको चिसो हावामा’ सार्वजनिक भएको छ । गीतमा स्वर एडवर्ड थापाको रहेको छ ।
रोमान्टिक शैलीमा तयार गीतमा एउटा केटाले आफूलाई मनपर्ने प्रेमीका भेटेपछि ब्यक्त गर्ने भावनाका शब्द समेटिएका छन् । गीतको भिडियोमा ईश्वर थापा र शिल्पा पोखरेलको अभिनय छ ।
क्यानडाको सुन्दर दृश्यमा छायाङ्कन गरिएको भिडियोका छायाङ्कन, सम्पादन तथा निर्देशन हेरुका लामा रहेका छन् ।


