Home Main Highlight News कृषा चौलागाईँको ‘पारस’मा जसिता गुरुङ अनुबन्धित
   

कृषा चौलागाईँको ‘पारस’मा जसिता गुरुङ अनुबन्धित

by Parda Sansar
A+A-
Reset

झापा । निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पारस’मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। निर्माण पक्षले औपचारिक रूपमा उनलाई फिल्मका लागि अनुबन्ध गरेको हो। यद्यपि, फिल्मका अन्य कलाकारबारे भने हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।

निर्देशक चौलागाईँका अनुसार दुवै पक्षबीच लिखित सम्झौता सम्पन्न भइसकेको छ। उनले भनिन्, “कथाको माग अनुसार कलाकार चयन गर्दै अघि बढिरहेका छौँ।”

केपी फिल्म्सको व्यानरमा निर्माण हुने ‘पारस’को कथा भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्। चलचित्रको छायांकनको जिम्मेवारी चर्चित छायाकार (डीओपी) पुरुषोत्तम प्रधानले सम्हाल्नेछन्।

यसअघि ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी कृषाका लागि ‘पारस’ तेस्रो निर्देशकीय फिल्म हुनेछ। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन आगामी फागुन महिनाबाट सुरु गर्ने तयारी भइरहेको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link