झापा । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको शनिबार राति निधन भएको छ । पत्रकार सिटौलाको टोखास्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
अस्पतालले आइतबार प्रेस वक्तव्य जारी गर्दै उहाँको निधन भएको औपचारिक घोषणा गरेको छ । चलचित्र पत्रकार संघ नेपालले दिवंगत पत्रकार सिटौलाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका सभा राखेको छ ।
ग्राण्डी अस्पतालले जारी गरेको वक्तव्यका अनुसार सार्वजनिक अभियान कार्यक्रममा सहभागी हुँदा उहाँ अचानक बेहोस हुनु भएको थियो । उहाँलाई अछाम जिल्ला अस्पतालमा लगिएको थियो, जहाँ उहाँको श्वासप्रश्वास थिएन । कार्डियोपल्मोनरी रेससिटेशन (सीपीआर) तुरुन्तै सुरु गरिएको थियो र लगभग ४५ मिनेटपछि मुटुको चाल फर्किएको थियो । नेपाली सेनाको जहाजमार्फत् त्रिभुवन विमानस्थल र त्यसपश्चात एम्बुलेन्समार्फत् ग्राण्डी अस्पताल ल्याइएको थियो । उहाँलाई गम्भीर सब अरेनहाइड हेमोरेजको लागि स्थापित प्रोटोकलअनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमद्वारा संयुक्त रूपमा इन्टेन्सिभ केयर युनिटमा भर्ना गरियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उहाँको टोलीमा रहेर सिटौला अछाम पुग्नुभएका थियो । ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले आइतवार मृत घोषणा गरेका हुन् ।


