Home Main Highlight News आर्यक र योदिन बने ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’
 

आर्यक र योदिन बने ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’

by Parda Sansar
A+A-
Reset

इटहरी । बालबालिकाहरूमा अन्तरनिहित प्रतिभलाई उजागर गर्ने उद्देश्यसहित आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’को दोस्रो संस्करण सम्पन्न भएको छ । ओपन स्पेस प्रालिको आयोजनामा शनिबार (माघ १७) इटहरीमा आयोजित ग्राण्ड फिनालेमा सिनियर र जुनियर दुवै विधाका विजेताहरू घोषित गरिएको छ ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आर्यक ओझा र योदिन गुरुङले उपाधि चुमेका छन् । निर्णायकहरूको मूल्याङ्कन र प्रतिभा प्रस्तुतिका आधारमा जुनियर र सिनियर क्याटागोरीमा बालबालिकाहरूले उपाधि हासिल गरेका हुन् ।

जुनियरतर्फ फर्स्ट रनर अप साङ्केनमा राई, सेकेन्ड रनर अप काव्या कार्की, थर्ड रनर अप आरोही राउत, पब्लिक च्वाइस लुना फुयाल, अर्गनाइजर च्वाइस इतिश कट्टेल भएका छन् । यस्तै सिनियरतर्फ फर्स्ट रनर अप लारेसा जिमी, सेकेन्ड रनर अप शाइना गुरुङ, थर्ड रनर अप संरक्षण दाहाल, पब्लिक च्वाइस प्रशंसा कटवाल र अर्गनाइजर च्वाइस आरजु रौतेर बन्न सफल भएका छन् ।

प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायक मण्डलमा रहेका थिए । म्यान अफ द वर्ल्ड २०२५ का प्रकाश चौहान, मिस नेपाल आइडल २०१८ की विजेता मेरिना तुम्सा लिम्बू, मिसेस पूर्वेली आइकन २०२४ को सेकेन्ड रनरअप तथा बैंकर दीपिका भट्टराई र ग्रेस इन्टरनेसनल इटहरीका एकेडेमिक हेड रेजन राई निर्णायक मण्डलमा रहेका थिए ।

कार्यक्रमको सञ्चालन सीता पुरी र शुभेच्छा कार्कीले संयुक्त रूपमा गरेका थिए । ओपन स्पेस प्रालिका सिइओ सजिना श्रेष्ठको नेतृत्वमा भएको यस कार्यक्रमको निर्देशन सरोज श्रेष्ठले गरेका थिए भने कोरियोग्राफी शुभेच्छा कार्कीले सम्हालेकी थिइन् । मिडिया कोअर्डिनेटरको भूमिकामा सुवास संकल्प रहेका थिए । बालबालिकाहरूको व्यक्तित्व विकास र आत्मविश्वास बढाउन यस्ता मञ्चहरूले महत्वपूर्ण भूमिका खेल्ने कुरा कार्यक्रममा उपस्थित अतिथिहरुको रहेको थियो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link